×

राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक

images

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका ३३१ सांसद र प्रदेश सभाका ५ सय ५० सांसदले मतदान गर्ने भएका छन्। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

images

यस्तो छ राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ। &lsq...

सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते, उम्मेदवारविरुद्ध उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते र मतदान गर्ने २५ गते रहेको छ ।

बुधबार १० फागुन २०७९ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया