प्रहरीले रोक्यो काठमाडौँमा हुन लागेको दुबई प्रोपर्टी मेला

    images

    काठमाडौँ । प्रहरीले काठमाडौँको होटेल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ ।

    सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

    उनका अनुसार आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको छ ।

    विदेशी विनिमय ऐन, २०१९ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नहुने व्यवस्था गरेको छ । प्रहरीले यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको बताएको छ ।

    आइतबार​ ८ माघ २०७९ ०९:०८ PM मा प्रकाशित

    प्रतिक्रिया