×

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकियो, गणना केही बेरमा सुरु हुने

images

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो।

संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए । ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी  सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए। 

उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन्। उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए।

बुधबार ६ पुस २०७९ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया