×

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

images

बैतडी। बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना प्रहरी घाइते भएका छन् । टुक्राटुक्रा भएको जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको बताइएको छ।

प्रहरीको घुम्ती टोली सवार उक्त जिप बैतडीबाट पाटनतर्फ आइरहेको थियो। मृतक र घाइते प्रहरीको परिचय खुलेको छैन। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको छ। थप विवरण आउन बाँकि

सोमबार ५ मंसिर २०७९ ०९:१७ AM मा प्रकाशित

प्रतिक्रिया