×

खारेज भयो राजु गुरुङको उम्मेदवारी (आदेशसहित)

images

काठमाडाैं। सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो। आजको इजलाशले यसअघि गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो। 

योसँगै गुरुङले उम्मेदवारका लागि गरेको दौड सकिएको छ ।  रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले उनी उम्मेदवार हुन अयोग्य भएको भन्दै उम्मेदवार हुन नपाउने आदेश दिएको हो । यद्यपि मुद्दाको अन्तिम किनारा पछि नै हुनेछ । 

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

शुक्रबार​ ४ कात्तिक २०७९ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया