काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र क्यासेमिरोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि ट्रेभोह चालोबाहले एक गोल गरेका थिए ।
यस खेलमा खेलको चौथो मिनेटमा चेल्सीका रोबेर्ट सान्चेज र पहिलो हाफको इन्जुरी समयमा म्यानचेस्टर युनाइटेडका क्यसेमिरोले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ७ अंक भएको छ र १०औ स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने ५ खेलमा ८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया