×

नेपाली बजारमा सुन–चाँदीको भाउ निरन्तर उकालो, तोलामा कति पुग्यो?

images

काठमाडौँ — नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। बिहीबार तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पनि थप वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर छापवाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुनको भाउ ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको भाउ तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढाव र आन्तरिक मागका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ उच्च बिन्दुतिर उकालो लागिरहेको महासंघले जनाएको छ।

शुक्रबार​ ५ भदौ २०८३ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया