×

कर्णालीका मुख्यमन्त्री कँडेलको कांग्रेस सभापति देउवासँग भेटवार्ता

images

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच वीवाद भईरहेका बेला मुख्यमन्त्री कँडेलले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । कर्णालीमा सत्ता सहकार्यमा रहेका दुवै दलबीच केहि महिनादेखि विवाद चलिरहेको छ ।मुख्यमन्त्री कँडेलले बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको बताएका छन् । 

 

बिहीबार ५ भदौ २०८२ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया