×

विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

images

दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ ।  

गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित हुनुभएको हो । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित हुनुभएको हो । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गर्नुभएको छ । 

गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित हुनुभएको हो । थामीले चार हजार १३ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गर्नुभएको छ । आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।  

शनिबार ७ जेठ २०७९ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया