×

एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय

images

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।

images

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लग...

केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत कार्यसूची तय गरिएको छ ।

images

एमाले बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले राखे बाम गठबन्धन र पार्टी एकताको प्रस्ताव

नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा नेताहरूले वामपन्थी पार्टीहरूबीच एकता गरेर जानुपर्ने प्रस्ताव राखेका छन् । सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकम...

आजको बैठकमा उठेका विषयमा जवाफ दिँदै अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली कांग्रेससँग गठबन्धन गर्न जानेहरुसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताउनुभयो । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो ।

सोमबार ७ चैत २०७८ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया