काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा कर्फ्यु लगाइएको छ । हिन्दु र मुस्लिम दुई समुदायबीच गौर नगरपालिका-६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि लागु कर्फ्यु अर्को आदेश नआउँदासम्म जारी रहनेछ।

प्रतिक्रिया