×

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको संभावना

images

काठमाडौँ – हिमाली जिल्लामा हिमपात र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ।

पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ। मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

भोलि आइतबार प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार ७ माघ २०७९ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया