×

बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने

images

मनहरी(मकवानपुर), ४ पुस : बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार छ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ । 

  मुख्यमन्त्री जम्कट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचास÷पचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताउनुभयो । उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयको एक हजार छ सय ६९ ९प्राविधिक सहित  कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बुधबार ४ पुस २०८० ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया