×

१४.२२ अंकले बढ्यो सेयर बजार

images

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।  मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रिम स्थानमा छ। यसको आज ६ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभिल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक बढेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सृजनसिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज ब्लु चिप फण्ड र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

मङ्गलबार ५ पुस २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया