×

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द

images

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि आजदेखि दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।


आजदेखि हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कम्तीमा एक महिना यसरी नै सडक बन्द हुनेछ । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने भएको छ ।

अबको सात मिहनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माणको काम सुरु हुनेछ ।

मङ्गलबार ५ पुस २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया