×

आजको राशिफल - २०८३ असोज ४ गते आइतबार

images

September 20, 2026 - आज दशमी

आजको पञ्चाङ्ग: असोज शुक्ल दशमी तिथि राति १०:३१ PM सम्म। पूर्वाषाढा नक्षत्र बिहान ७:०४ AM सम्म त्यसपछि उत्तराषाढा। शोभन योग। चन्द्रमा धनु राशिमा। सूर्य कन्या राशिमा। सूर्योदय ५:५१ AM, सूर्यास्त ६:०७ PM। आज जन्मिने बच्चा मकर राशिको हुनेछ।

१२ राशिको फल:

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सूर्यको दिन भएकोले तपाईलाई विशेष लाभ छ। काममा सफलता, मान सम्मान बढ्नेछ। सरकारी काम बन्नेछ। व्यापारमा नयाँ अवसर। शुभ रंग रातो।

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
भाग्यले साथ दिनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। टाढाको यात्रा हुन सक्छ। पढाइमा सफलता। खर्च अलि बढ्नेछ तर चिन्ता नलिनुहोस्। शुभ रंग सेतो।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वास्थ्यमा ध्यान दिनुहोला। गोप्य कुरा कसैलाई नभन्नुहोला। आर्थिक कारोबारमा होशियार रहनुहोला। अनावश्यक विवाद बाट जोगिनुहोला। शुभ रंग हरियो।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवनसाथी बाट सहयोग मिल्नेछ। व्यापारमा साझेदारी बाट फाइदा। नयाँ सम्बन्ध बन्न सक्छ। दिन रमाइलो रहनेछ। शुभ रंग सेतो।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रु माथि विजय प्राप्त हुनेछ। काममा मिहिनेत धेरै गर्नुपर्नेछ। ऋण बाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। शुभ रंग सुन्तला।

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज बौद्धिक काममा सफलता मिल्नेछ। सन्तान बाट खुसी मिल्नेछ। प्रेम सम्बन्धमा राम्रो। विद्यार्थीलाई पढाइमा प्रगति। शुभ रंग हरियो।

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
घरायसी सुख बढ्नेछ। आमाबाट सहयोग। जग्गा जमिन को काम बन्न सक्छ। मनमा अलि अशान्ति हुन सक्छ, शान्त रहनुहोला। शुभ रंग गुलाबी।

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँट र हिम्मत बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। छोटो यात्रा लाभदायी। लेखन बोल्ने काममा सफलता। शुभ रंग रातो।

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धन लाभको योग छ। बोलीले सबैको मन जित्नुहुनेछ। परिवारमा रमाइलो। बचत बढ्नेछ। शुभ रंग पहेंलो।

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
आज चन्द्रमा १२औं भावमा छ, खर्च बढ्न सक्छ। तर विदेश सम्बन्धी काम बन्नेछ। मनमा अलि चिन्ता, ध्यान गर्नुहोला। शुभ रंग नीलो।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
आम्दानी बढ्ने दिन। इच्छा पूरा हुने योग। साथीभाइ बाट लाभ। सामाजिक सम्मान बढ्नेछ। शुभ रंग आकाशे नीलो।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा सफलता मिल्नेछ। पदोन्नतिको योग। पिताको सहयोग मिल्नेछ। व्यापारमा लाभ। शुभ रंग हल्का पहेंलो।

आइतबार​ ४ असोज २०८३ ०८:५५ AM मा प्रकाशित

प्रतिक्रिया