काठमाडौँ । फिनल्याण्डका एक सांसदले संसद भवनमा मृत भएका छन् ।
सामाजिक लोकतान्त्रिक पार्टीका ३० वर्षीया सांसद एमेली पेल्टोनेनले संसद भवनमै मृत भेटिएको र यो आत्महत्या हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख छ । उनी स्थानीय समय अनुसार मंगलबार बिहान संसद भवनमा मृत फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनले आत्महत्या गर्नुको कारण स्पष्ट नभएको बताइएको छ ।
उनको आकस्मिक मृत्युले फिनल्याण्डलाई स्तब्ध बनाएको छ, सबै पक्षका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् । दक्षिणी क्षेत्र उउसिमाको प्रतिनिधित्व गर्ने एल्टनेनले २०२३ मा निर्वाचित भएर संसद सदस्यको रूपमा आफ्नो पहिलो कार्यकाल शुरु गरेका थिए ।
उनले १८ वर्षको उमेरमा जार्वेनपा शहरको लागि नगर काउन्सिलरको रूपमा निर्वाचित भएर राजनीति शुरु गरेका थिए । त्यतिबेला मिडियाले रिपोर्ट गर्दा उनी २२ वर्षको हुँदा उनी शहर बोर्डको अध्यक्षमा निर्वाचित भएका थिए र यो पद धारण गर्ने सबैभन्दा कान्छो व्यक्ति थिए ।
गत जुनको अन्त्यमा, पेल्टोनेनले आफ्नो सामाजिक सञ्जालमा मृगौलाको समस्याका कारण पछिल्ला हप्ताहरूमा धेरै संसदीय कामबाट टाढा बसेको बताएका थिए ।
प्रतिक्रिया