×

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

images

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् ।

काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे ।

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले  हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलरूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरेकी थिइन् ।

 

बुधबार ४ भदौ २०८२ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया