×

नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिन्छौं -- रास्वपा नेता अर्याल

images


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता डोल प्रसाद अर्यालले नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन आफुहरु प्रतिपक्षमा उभिने  बताएका छन् । 
सोमबार प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै उनले न्यूनमत साझा कार्यक्रममा समावेश भएका आम नागरिकको मुद्दामा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिएको बताए । उनले भने ‘हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं ।’
उनले आफ्नो दलमाथि संकट पर्दा साथ दिएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका 

सोमबार ६ चैत २०७९ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया