×

नेप्सेमा दोहोरो अंकको गिरावट

images

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन  नेप्से परिसूचक २३.६० अंकले घटेको हो। यस दिन नेप्से १.१४ प्रतिशतले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ।

सोमबार २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् ।

सोमबार बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसबाहेक दोर्दी खोला, एनएमबी हाइब्रिड फण्ड लगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाए । जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालयन डिष्टिलरीका लगानीकर्ताले बजारबाट धेरै गुमाए । स दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३९० रुपैयाँमा २० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साल्ट ट्रेडिङ कर्पोरेशन  रहेकोे छ। उक्त कम्पनीको ४ हजार ४९४ रुपैयाँमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.७९ र ०.४० प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

सोमबार ८ फागुन २०७९ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया