×

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लिए शपथ

images

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए । यसैबीच घिमिरेले आफूले एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए।  घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्। 

शुक्रबार​ ६ माघ २०७९ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया