काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा मधेश झर्ने भएका छन् । उनले आफ्नि पुरानि क्षेत्र काठमाडौं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । यसपटक गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव उम्मेदवार छन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका हुन् । सर्लाही ४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले चुनाब जितेका थिए । सिंह कांग्रेसका बागी थिए । अमरेश कुमार सिंहले हिजो मात्रै रास्वपा प्रवेश गरेका छन् । हिजो उनले जनकपूरमा आयोजित रास्वपाको सभामा औपचारिक रूपमा पार्टी प्रवेश गरेका थिए ।
प्रतिक्रिया