×

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

images

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १र१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो । 

माओवादी केन्द्रको संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई नेकपा माओवादी, नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाले समर्थन गरेका थिए । शर्माले माघ ३ गते साँझ ५ बजे विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

शुक्रबार​ ६ माघ २०७९ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया