×

मिसेज वर्ल्डको ताज भारतकी सरगम कौशललाई

images

काठमाडौं । अमेरिकाको लस भेगासमा आयोजित मिसेस वर्ल्ड २०२१/२०२२ प्रतियोगिताको उपाधि भारतकी सरगम ​​कौशलले जितेकी छिन् ।भारतले यसखालको उपाधि २१ वर्षपछि प्राप्त गरेको हो ।

यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् । सरगम कौशल जम्मू–कश्मीरकी हुन् । सरगम यसअघि पेशाले शिक्षक थिइन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेका छन् । यो खबर इन्स्टाग्राममा सेयर गर्दै सरगम ​​कौशलले लेखेकी छिन्, ‘लामो प्रतीक्षा समाप्त भएको छ । हामीले २१ वर्षपछि ताज पाएका छौं ।’

जम्मूबाट आएकी सरगम ​​कौशल हाल मुम्बईमा बस्छिन्। जम्मुमा बस्ने उनका बुबा जीएस कौशलले बीबीसीलाई भने, “जब मेरी छोरी साढे दुई वर्षकी थिइन्, मैले उनलाई असाधारण देखेँ र उनको अनुहार अद्वितीय थियो। उनी मिस फेमिनामा पनि जाउन् भन्ने मेरो चाहना थियो तर कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिने उनको मनमा अनिच्छा थियो ।”

सरगम कौशलले प्रेजेन्टेशन कन्भेन्ट हाई स्कूल, जम्मूमा १२ सम्म पढेकी थिइन्। यसपछि उनले बीएससी गरिन् र त्यसपछि जम्मू विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिन् । बीएड गरेपछि विद्यालयमा पढाउन थालिन् ।

उनका बुबाका अनुसार, “म सधैं चाहन्थें कि उनले सौन्दर्य प्रतियोगितामा भाग लिउन् । सन् २०१७ मा हामीले सरगमको विवाह गरिदियौं । विवाहपछि उनी जम्मुबाट बाहिरिएकी थिइन् ।

उनी भन्छन्, ‘विवाहपछि मैले तिमीलाई अब केही गर भन्थेँ । विशाखापट्टनमपछि उनी मुम्बई सरिन् । यसपछि पनि मैले भने–अब तिमी मायानगरी पुग्यौ, केही गर । त्यसपछि उनले प्रतियोगितामा भाग लिनको लागि काम गर्न थालिन् । सरगमका श्रीमानले पनि पूर्ण साथ दिनु भएकोमा म धन्यवाद दिन चाहन्छु।”

सरगम कौशलका श्रीमान् भारतीय नौसेनाका अधिकृत हुन्। जीएस कौशल बताउँछन्- ‘यसपछि सरगमले तयारी सुरु गरि सन् २०२२ मा मिसेस इन्डियाको उपाधि जितेकी थिइन्। यस प्रतियोगितामा ५१ जना प्रतियोगी थिए र त्यसपछि मिसेस वल्र्डको प्रतिनिधित्व गरेकी थिइन् ।

मिसेस वल्र्ड प्रतियोगितामा ६३ देशका प्रतियोगीहरुले भाग लिएका थिए ।

सोमबार ४ पुस २०७९ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया