काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोलि हुँदैछ । दलको नेताको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवारी दिने तयारीमा छन् । संस्थापनइतर समूहबाट भने शेखर कोइराला र गगनकुमार थापामध्ये एक जनाले उम्मेदवारी दिने तयारी छ ।
सो समूहका नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।
एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए ।
उनले भनेका छन्, ‘मेरो नेता शेखर कोइराला हो, यसमा शंका गर्न जरुरी छैन ।’ डा. शेखरले भने १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भनेर प्रश्न गरेका थिए ।
इतर पक्षका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब बढाएका छन् ।
प्रतिक्रिया