×

उडिरहेको विमानमा सर्प भेटिएपछि…

images

एजेन्सी । फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको विमानमा सर्प भेटिएको छ। उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन्। विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो।

न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ, विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएका छन्।

सर्पका कारण कोही पनि घाइते नभएको र उडान प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ ।  

बुधबार २ कात्तिक २०७९ ०८:३० PM मा प्रकाशित

प्रतिक्रिया