काठमाडौँ । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् ।
नेकपा एमालेले उपसभामुखको विषयमा निर्णय लिन आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएर छलफल गर्ने भएको छ । कांग्रेसले पदाधिकारी बैठकपछि संसदीय दलको बैठक बस्ने भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखलाई हटाउन महाअभियोग लगाउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । उपसभामुख रानालाई यसअघि अमेरिकाको भिसाको लागि दुताबासलाई पत्र लेखेर पदको दुरुपयोग गरेको आरोप छ ।
प्रतिक्रिया