×

राजनीतिक दलहरू उपनिर्वाचनको अन्तिम प्रचारप्रसारमा

images


काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनको मौन अवधि सुरु हुनुभन्दा पूर्व राजनीतिक दलका नेताहरू निर्वाचनको अन्तिम प्रचारप्रसारमा जुटेका छन् । आगामी वैशाख १० गते तनहुँ ,बारा र चितवनमा हुने उपनिर्विाचनमा आ–आफ्ना उम्मेदवारलाई विजयी बनाउन अन्तिम प्रयास गर्दैछन छन् । यसैको सिलसिलामा आज बुधबार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको तनहुँमा जमघट हुँदैछ । प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेको उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले टक्कर दिँदै छन् । चुनावी सभामा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत गठबन्धन दलका शीर्ष नेताले सभालाई सम्बोधन गर्नेछन् । यसैगरी, पाँच दलीय गठबन्धनले वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने कार्यक्रम तय भएको प्रवक्ता वाग्लेले जानकारी दिए ।

बुधबार ६ बैशाख २०८० १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया