काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ ।
आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ ।केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।
प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी गत १ चैतदेखि अनशनमा बसेका थिए ।
प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन् ।आयोगले शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न समेतआग्रह गरेको छ ।
प्रतिक्रिया