×

माओवादीले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिबारे निर्णय लिने

images

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनलाई पार्टीमा छलफल गरिरहेका छन् । अब भने उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई सघाउने भन्नेबारे निर्णय लिने तयारी गरेका छन् । त्यसको लागि भोलि (सोमबार) अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

राष्ट्रपतिमा एमालेको दाबी छ । तर, माओवादी केन्द्रले भने एमालेका उम्मेदवारलाई नसघाउने निधो गरेको छ । २६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएपछि माओवादीले नयाँ रणनीति बनाएको छ । जसअनुसार राष्ट्रपतिमा उसले कांग्रेसको उम्मेदवारलाई सघाउने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली भने पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भएको भन्दै सो सहमति कार्यान्वयन गर्न प्रचण्डलाई दिइरहेका छन् । कांग्रेसका शीर्ष नेताहरुले आज साँझ प्रधानमन्त्री दाहालसँग राष्ट्रपतिको निर्वाचनबारे बालुवाटारमा नै पुगेर छलफल गरेका छन् ।

 

आइतबार​ ७ फागुन २०७९ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया