×

पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक-- प्रधानमन्त्री

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको विस्तार र सुधारमा सरकारले जोड दिएको बताएका छन् । 

आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सहित मन्त्रालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले बृहत्तर विकासका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय त्यसपक्षमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर । 

 भेटका क्रममा प्रधानमन्त्री दाहालले वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढाउन राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । 

उनले भने,‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ । तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा.सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो ।  

आइतबार​ ७ फागुन २०७९ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया