×

राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्-अध्यक्ष केपी ओलि

images

काठकाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आज (आइतबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको दाबी गरेका हुन् ।

मिडियामा नाम आएजस्तो अहिले आफूले उम्मेदवारको नाम लिन नचाहेको र १३ गतेमात्रै उम्मेदवारको नाम दिने उनले बताए । ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ उनले भने ।

राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ‌ओलीले भने,‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’

कतिपय माओवादी नेताहरूले नै राष्ट्रपति एमालेलाई दिने भन्ने सहमति आफूहरूलाई थाहा नभएको बताइरहेका छन् नि? भन्ने प्रश्नको जवाफमा ओलीले भने- माओवादीका सबै नेता/कार्यकर्तासँग सहमति गर्ने हो र!

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहकार्यका प्रस्तावका बारेमा बोल्दै उनले पूर्वराजालाई पुरानो यादले झस्काएको बताए । पूर्वराजालाई दुईचार जनाको समर्थनले हौंस्याएको उनको बुझाइ छ ।

आइतबार​ ७ फागुन २०७९ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया