×

फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि हातपात

images

स्याङ्जा । फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएपछि स्याङ्जामा पाइलटमाथि हातपात भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएपछि चालकमाथि हातपात भएको हो ।

वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् ।  

हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापालगायतले चार्टर गरेका थिए । उनीहरुले त्यहाँ हेलिकप्टर अवतरण गर्न लगाएको बताइएको छ । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको डंगोलले बताएका छन् । 

बिहीबार ५ माघ २०७९ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया