×

सुन व्यवसायीमाथि गोली प्रहार

images

कैलाली । कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सुनुवारलाई थप उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ ।गोली लागेका विकासको अवस्था सामान्य रहेको छ। 

आइतबार​ ३ पुस २०७९ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया