×

कीर्ते हस्ताक्षरमा बैंकबाट लाखौं पैसा झिकेको आरोपमा महन्त दास पक्राउ

images

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास ‘वैष्णव’ पक्राउ गरेका छन् ।

आज बिहान महोत्तरी र रुपन्देहीका प्रहरीले महन्त दासलाई पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट रुपैयाँ झिकेको आरोपमा महन्त दासलाई पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता  सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ गरिएको हो ।

सरकारी हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ गरिएको महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पङ्गेनीले बताए । दास विवादित महन्त हुन् । मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । 

आइतबार​ ३ पुस २०७९ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया