काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँमा शङ्कास्पद वस्तु फेला परेका छन्।
हाँडीगाउँस्थित भत्केको पुलमा शुक्रबार बिहान स्थानियले प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यस्तैगरी बूढानीलकण्ठ स्थित स्पेशल चोकमा पनि त्यस्तै प्रकारको शङ्कास्पद वस्तु फेला परेको हो ।
दुबै स्थानमा फेला परेका शङ्कास्पद बस्तुलाई नेपाली सेनाको बम जिस्पोजल टिमले डिस्पोज गरिसकेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया