×

अमेरिकाको न्यूयोर्कस्थित क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

images

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा एक भीडभाडयुक्त क्लबमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

सिएनएनका अनुसार स्थानीय समय अनुसार बिहान ३:३० बजे अगाडि भएको विवादपछि आक्रमणकारीले ब्रुकलिनको क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी लाउन्जमा गोली चलाएका थिए ।

गोलीबारीमा १२ जनालाई गोली लागेको प्रहरीले बताएको छ भने अहिलेसम्म गोली चलाउनेहरु पक्राउ नपरेको बताइएको छ ।

 

सोमबार २ भदौ २०८२ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया