×

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से

images


काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको वृद्धि भएको छ । लगातार घटेर सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा १ वर्ष अगाडिको विन्दु नजिक झरेर सोही दिने केही माथि उकालो लागेको नेप्से मंगलबार भने सामान्य बढेर बन्द भयो ।

२३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसमम झरेको नेप्से १ जेठ २०८० को इन्ट्रा–डे’ कारोबारमा १८०७.५३ अंकसम्म झरेको थियो ।

त्यसपछि सुधारोन्मुख देखिएको नेप्से मंगलबार, बुधबार र बिहीबार लगातार तीन दिन बढेर बन्द भएको छ । बुधबार २३.४० अंकले बढेर १८४५.०१ को बिन्दुमा बन्द

भएकोमा बिहीबार पनि उतारचढावबीच नेप्से ३२.३० अंकले वृद्धि भएर १८७७.३२ अंकमा बन्द भएको छ

बिहीबार ४ जेठ २०८० ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया