×

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपालमा

images

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । 

उनी भारतबाट नेपाल आएका हुन् ।  नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन् ।

‘उनले भोलि मैदानको निरिक्षण गर्छन् । भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम रहेको क्यानका एक पदाधिकरीले ई संचारपाती लाई बताए ।  यी सबै सकेर चैत ८ मा फर्किनेछन् ।

सोमबार ५ चैत २०८० ०६:३१ PM मा प्रकाशित

प्रतिक्रिया