×

श्री स्वयम्भू धर्मधातु वागीश्वरमा सहस्रवार सप्तविधानुत्तर पुजा एवं अयुताहुती महायज्ञ सम्पन्न

images

श्री स्वयम्भू धर्मधातु वागीश्वरमा सहस्रवार सप्तविधानुत्तर पुजा एवं अयुताहुती महायज्ञ - केशब श्रेष्ठ गत साल (बि. स. २०७९) फाल्गुन ३० गते आएको हवाहुरिका कारण स्वयम्भू विश्व सम्पदा सूची मा सूचीकृत महाचैत्यको सबै भन्दा माथीको गजूर को छत्र - गजूर खस्न गएकोले त्यसको जिर्णोद्वार स्वयम्भू व्यवस्थापन तथा संरक्षण माहासमितिले २०८० भदौ २०मा अथक मेहनत का साथ विभिन्न प्राबिधिकहरुको सहयोगले सम्पन्न गरेकोमा बि.स. २०८० फाल्गुन १२ गते लामा बिधि अनुसार प्राण प्रतिष्ठापन कार्य सुसम्पन्न गरेको थियो I विश्वका बौद्ध समूह त्यसमा पनि बज्रयानका अनुयानी हरुका अति अश्थाको केन्द्रको रुपमा रहेको स्वयम्भू धर्मधातु बागिस्वर जहाँ शांतिकाचार्य जस्ता बज्रयान प्रणाली प्रतिपादन गरि नेपाल अधिराज्यमा पन्चज्योतिलाई चैत्य को आकार दिई, बुद्धाचार्य गुरुहरु को संरक्षण मा रहने व्यवस्था गर्नु भएको थियो, त्यस पवित्र स्थलमा युगको गतसाल छत्र -गजुर खस्दा त्यसलाई यथास्थानमा राखी धार्मिक बिधि अनुसार पुञ्ज गर्ने परम्परा पनि निर्धारण गरेकोमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति ले चैत्र ५ गते सोमबारका दिन बिहान ११. ३० बजे शुभ साइत पारी श्री स्वयम्भू धर्मधातु वागिस्वरी मा सहस्रवार सप्तविधानुत्तर पुजा एवं अयुताहुती महायक्ष गरेको थियो I उप्ता पुजाको धार्मिक परम्परा अनुसार सो महायक्ष मा राष्ट्र प्रमुख नै उपस्थित हुनु भई आहुति गर्नुपर्ने भएकोले सम्माननीय राष्ट्रपति श्री रामचद्र पौडेलज्यू परिवारसहित स्वयम्भूमा आउनु भएको थियो I

हारती माताको दक्षिण र अमिताभ बुद्धको पक्षिम प्रांगण मा सो महायक्षआयोजना गरेको थियो I सम्माननीय राष्ट्रपति परिवार सहित ठूलो मजुरको स्थम्भ मुनि को आशन मा बस्नु भै अयुताहुती पुजा हेर्नु भयो I त्यस अवसरमा स्वयम्भू महाचैत्य भरि बज्राचार्य पुजारीहरू बाट सहस्रवार सप्ताविधनुत्तर पाठ उच्चारण गर्नु भएको थियो र बुद्धाचार्य युवाहरु परम्परागत बाजा बजाई महायक्ष को माहोल श्रीजना गरिरहनु भएको थियो I देश बिदेशका पर्यटकहरुले खचाखच स्वयम्भू परिसरमा सुरक्षाको तयारी पनि राम्रो भएको देखिन्थ्यो I

 

अत्यन्त पवित्र स्थलमा युगमै बिरलै हुने उप्त महायक्ष सबैले प्रतक्ष हेर्न र तस्बिर खिच्न पाएको देखिन्थ्यो I स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति को निमंत्रनामा उप्त पुजा मा सहभागीहुन बज्रयानी भक्तजन लगायत बिभिन्न महानुभाव हरु उपश्थित हुनुहुन्थ्यो I मूल पुजारी बिरमान बुद्धाचार्य तथा महासमितिका अध्यक्ष श्री महास्थबिर भिक्षु धर्ममुर्ती बाट सबैलाई स्वागत गर्ने व्यवस्था भएको थियो I उक्त स्थलमा थकालीहरु बिरमान बुद्धाचार्य , बाबुराजा बुद्धाचार्य , महेन्द्र रत्न, न्हुक्छे रत्न, पन्नाकाजी , जुजुभाइ इश्वर मान, स्वयम्भू रत्न, प्रकाश , रोशन, अशोक, किरण, चन्द्र तथा सबै बुद्धाचार्य र महासमिति परिवार एवं देशको हितका लागि मंत्राचरण गरिएको थियो I श्री मंजुघोश धर्म धातु वागीश्वर भात्तार्काय पाद्धर्घचमन्न प्रोक्षमन प्रतिच्छ स्वाहा ध्वनि उच्चारण भैरहेको थियो I ओम बज्रकुश ज: II ओमं बज्रपाश हुः II ओं बज्रस्फोटो वं II ओं बज्रंवेशो हो:II ज: हूँ वं हो I उच्चारण भैरहेको थियो I आकर्षणादी मुद्रा - ज: हुँ वं हो: , अभिषेक मुद्रा -ओं बज्र लक्षे हुँ II , बज्रसत्व मुद्रा - ओं बज्रसत्व हुं II , भूस्पर्श मुद्रा - ओं बज्रसने हुँ II , चक्र मुद्रा - ओं बज्रचक्रे हुँ , गरुड मुद्रा - ओं नहबज्रे अ: II क ध्वनि गुन्जी रहन्थ्यो I सप्त विधानुत्तर ध्यान पाए I

वन्दना , पुजना , पाप देशना , अनुमोदना ,अध्येषाना याचना , बोधीचित्तोत्पाद, पुन्यपरिनामना I सप्त विधानुत्तर पूजा मुद्रा याए I ओं सर्ब तथागत पुष्प -पूजा - मेघ - समुन्द्र -स्फरनसमय हूँ बज्र पूष्पे हूँ बज्रपुश्पन प्रतिच्छ स्वाहा II ले आकास गुन्जमान भएको अनुभूति हुन्थ्यो I उप्त अवसरमा महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व बिभाग, महानगर पालिका, जिल्ला प्रशासन कार्यालय, गुठि सस्थान, पूर्व मन्त्रीहरु, माननीय सभासदहरु, पूर्व मेयर, प्रबक्ता, पूर्व सांसद, माननीय प्रदेश सभासद, पूर्ब उप प्रधान मन्त्रि, युनेस्को,माननीय संघीय सभासद, स्थानीय सरकार, पत्रकारहरु लाई निमंत्रना गरियको थियो I बज्राचार्य पुजारीहरु, बर्तमान शांतिकाचार्य, बुद्धाचार्य गुरुहरु बाट मन्त्र उच्चारन हुनुका साथै पुजारी श्री नरेश बज्राचार्य बाट पुर्नाहुतीका लागि सम्मानीय राष्ट्रपतिज्यू लाई अनुरोध भै आएपछि उहाँबाट नरिवलको फल यक्षमा होम गर्नु भएको थियो I त्यसपछि प्रथम महिला बाट पनि नरिवल चडाइ पूजा गर्नु भएको थियो I सम्मानीय राष्ट्रपतिज्यु बाट लगतै अमिताभ बुद्ध र हारती माता का अगाडी दियो बत्ति बालि फूल प्रसाद ग्रहण गर्नु भएको थियो I स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति ले त्यस पछि सम्यक बिहार - चैत्य पार्क परिसरमा महाचैत्य को छत्र- गजूर जिर्नोद्वार गर्नुहुने महानुभाव , कालिगड , समिति, उप-समिति हरुको नाम प्रकासमा ल्याई सबैलाई कदर गर्ने ब्ववस्था गर्दै उक्त  स्थानमा सम्माननीय राष्ट्रपति ज्यू को हात बाट महासमितिका स्थायी समितिका दस जना महानुभावहरुलाई कदरपत्र प्रदान गर्नु भयो I उप्त समय मा कदर - पत्र पाउनु हुनेमा अध्यक्ष श्री महास्थबीर भिक्षु धर्ममूर्ति , उपाध्यक्ष श्री महेन्द्र रत्न बुद्धाचार्य, उपाध्यक्ष श्री सुरेश बज्र योञ्जन, महासचिब श्री अशोक काजि बुद्धाचार्य, सचिब श्री चन्द्र रत्न बुद्धाचार्य, कोषाध्यक्ष श्री पुण्य सागर योञ्जोन लामा, सह- कोषाध्यक्ष श्री तेज रत्न ताम्राकार, क. क. सदश्य श्री राजु कुमार लामा, का . का. सदश्य श्री भारत नेपाली र आमन्त्रित सदश्य प्रा डा केशब श्रेष्ट हुनुहुन्थ्यो I

कार्यक्रम को अन्ततिर महासमितिका अध्यक्षज्यूबाट सम्माननीय राष्ट्रपति र प्रथम महिला ज्यु लाइ मायाको चिनो प्रदान गर्नु हुदै स्वयम्भू महाचैत्यमा बिगतमा भएका गतिविधिलाई प्रकासपार्नु भएको थियो I केशब श्रेष्ठ

सोमबार ५ चैत २०८० ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया