×

शेरबहादुरजीले एमसीसी वा गठबन्धनमध्ये एउटा रोज्नुपर्छः शशांक कोइराला

images

काठमाडौं–नेपाली काँग्रेसका नेता एवं सांसद डा। शशांक काईरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताए । 

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद कोईरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे। ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेको छ । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ ।’ उनले भने । 
 

शुक्रबार​ ६ फागुन २०७८ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया