×

लाखको लोभमा लाखौं बुझाउँदा सडकको बास

images

काठमाडौं । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए ।

नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति पत्र (लाइसेन्स) प्राप्त हुने र त्यसपछि नियमित काम सुरु हुने बताएको थियो । तर युएई पुगेको महिनौं बित्दा पनि उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेनन् ।

‘हामी म्यानपावर कम्पनीलाई ५र५ लाख रूपैयाँ बुझाएर युएई उडेका थियौं । म्यानपावर कम्पनीले त्यहाँ गएको एक सातामा लाइसेन्स पाइने, त्यसपछि नियमित काम सुरु हुने र मासिक १ लाख कमाउन सकिने भनेको थियो तर भनेअनुसार केही पनि भएन,’ थारूले भने ।

युएईमा ओर्लिएको पाँच घन्टापछि थारूलाई प्रस्तुति म्यानपावरकै सञ्चालक नवराज थापा नाम गरेका व्यक्ति लिन आए । उनले थारूलाई एउटा कोठामा लिएर गए । त्यहाँ जाँदा थप १८–२० जना नेपाली निन्याउरो अनुहार लगाएर बसिरहेका थिए । उनीहरूले थारूलाई हेर्दै थिए। तीमध्ये एक जनाले भने, ‘तिमी पनि फस्यौ ।’ त्यसपछि भने थारू झसंग भए । त्यहाँ उनीहरूलाई एउटा कोठामा भेडाबाख्रा कोचेजस्तै गरी राखिएको आजको नागरिक दैनिकमा खवर छ ।

शनिबार २ पुस २०७९ ०९:०६ AM मा प्रकाशित

प्रतिक्रिया