×

बुथ कब्जा निष्प्रभावी बनाउनेगरि प्रवन्ध मिलाएका छौं-आयुक्त दिनेशकुमार थपलिया

images

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी भएको भन्दै उत्साहपूर्वक रुपमा मतदानमा सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ। आयोगले बुथ कब्जा लोकतान्त्रिक मान्यताविपरीत भएकाले त्यस्तो सोच नराख्न पनि उम्मेदवारहरूको ध्यानाकर्षण गरेको छ। आज (बिहीबार) आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले यस्तो बताएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको विश्वास दिलाए । उनले भने,‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन। यो काम लोकतान्त्रिक मान्यता विपरीत पनि छ। कुनै पनि उम्मेदवारले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ ।’

आयोगले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने जनाएको छ । प्रमुख आयुक्त थपलियाले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाईएको जनाए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।

बिहीबार १ मंसिर २०७९ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया