मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो ।
अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया