×

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

images

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो ।  घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । 

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

बुधबार ५ बैशाख २०८१ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया