×

अवैध क्रसर उद्योगको दबदबा हुँदा वैधले माग धान्न सकेनन्

images

काठमाडौं। सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगलेमूल्य बढाउन सुरू गरेका छन् ।

नयाँ कामको सुरुवात नभएपनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरू भएको हो ।

बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा त्यसको बढ्दो लागत उपभोक्तामा पर्न गएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गर्नुअघि चार हजार रुपैयाँमा पाइएको गिटी बालुवा अहिले ८(९ हजारमा पनि नपाइएको बताए ।

१२ सय क्रसर उद्योगमध्ये सरकारको निर्णयबाट ६ सय ५० वटा बन्द भए भने कतिपय आफ्नै कारणले बन्द पनि भएका थिए । अहिले करिब ३ सयको हाराहारीमा मात्रै क्रसर उद्योग वैध रूपमा सञ्चालनमा छन् । .आजको कारोबार दैनिकबाट

मङ्गलबार ३ माघ २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया