×

नेकपा माओवादी केन्द्रले टुंग्यायो मन्त्री, कसलाई कुन मन्त्रालय ?

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  मन्त्रिपरिषद् विस्तार गर्दै छन् । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । 

माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । 

माओवादीबाट   शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् ।     किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ । मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

मङ्गलबार ३ माघ २०७९ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया