×

नेकपा एमालेले टुंग्यायो मन्त्री

images

काठमाडौं । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ ।

यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो ।

एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन् । त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ ।

 यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।

पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् । स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । 


 

मङ्गलबार ३ माघ २०७९ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया