×

किन दोहोरिन्छन् हवाई दुर्घटना ?

images

काठमाडौं । पछिल्लो आठ महिनामा दुई वायुयान दुर्घटनामा पर्दा ९४ जनाले ज्यान गुमाए । पटक पटक विमान दुर्घटना भइरहनुमा कसको कमजोरी हो भन्ने विषय पेचिलो बनेको छ ।

नेपालमा विमान दुर्घटना हुनुमा धेरै दोष देखाउने प्रचलन छ । पुरानो जहाज, खराब मौसम, अनियमित मर्मतसम्भार चालकको जोखिम मोल्ने प्रवृत्तिलगायतका कारण देखाएर पन्छिने गरिन्छ ।

तर, यथार्थ यसभन्दा धेरै भिन्न छन् । मुख्य कमजोरी वायुयान कम्पनी र तिनलाई अनुगमन गर्न नसक्ने नियामक निकायको हो । तर, यो मुख्य कमजोरीलाई सँधै लुकाउने गरिएको छ ।

नेपालको हवाई इतिहासमा अहिलेसम्म १०४ वटा जहाज दुर्घटनामा पर्दा ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वायुयान दुर्घटनापछि गरिने अनुसन्धान र त्यसको रिर्पोट धेरैजसो प्रकाशित नै नहुने गरेको छ ।

नेपालमा हवाई दुर्घटनामा ७७ प्रतिशत मृत्यु वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएका छन् । आजको कारोबार दैनिकबाट

मङ्गलबार ३ माघ २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया