काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ ।
दशरथ रंगशालामा ५० औं खेल पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको हो । मैत्रीपूर्ण खेलमा अन्जनले ८२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । उनले उत्कृष्ट गोल गर्दै रंगशालाको माहोललाई तताएका थिए ।
गोलपछि जर्सी फुकाल्दै उनले खुसियाली मनाउँदा नेपाली समर्थकको हुटिङले रंगशालाको माहोल रोचक बनेको थियो । खेलमा जर्सी फुकालेकै कारण विष्टले पहेँलो कार्ड समेत पाएका थिए ।
पाकिस्तानविरुद्ध १–० को जित निकालेसँगै अन्जनको नाममा ११ अन्तर्राष्ट्रिय गोल पुगेको छ। जुन हरि खड्कासँगको बराबरी हो । नेपालका लागि सर्वाधिक गोल भने निरञ्जन रायमाझीको नाममा १३ गोल छ ।
प्रतिक्रिया